नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
संस्थाको २१औं स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । स्थापना दिवसको अवसरमा बाँकेको नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकारहरुको नाक, कान, घाटीको निःशुल्क चेकजाँच शिविरमा ५० जना पत्रकारहरुले स्वास्थ्य परिक्षण गराएका छन ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ तथा वरिष्ठ डा. प्रकाश बसेलले ५० जना पत्रकारहरुको निःशुल्क चेकजाँच गर्नुका साथै औषधि वितरण गरेका थिए । डा. बसेलले सबै पत्रकारहरुलाई नाक, कान तथा घाँटी रोग सम्बन्धि परामर्श समेत दिएका थिए ।
नेपालगन्ज उप-महानगरपालिका १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती वकिले आयोजना गरेको कार्यक्रममा शुभकामना दिदै नेकपा (माओवादी केन्द्र) स्थायी समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले प्रेस सेन्टर नेपालको गौरवपूर्ण इतिहासको चर्चा गरेकी थिईन । उनले श्रमजीवी पत्रकारहरुको पक्षमा र समाज रुपान्तरणमा कलमको माध्यमबाट क्रान्ती गरी आएको संगठन भएकाले प्रेस सेन्टर प्रति जनताको अथाह बिश्वास रहेको बताईन ।
यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले प्रेस सेन्टरले रचनात्मक कार्य गर्दै आइरहेको र आज स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेर नौलो कार्य गरेको बताए । यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरि, प्रेस युनियन बाँके अध्यक्ष प्रीयास्मृती ढकाल, प्रेस चौतारी जिल्ला अध्यक्ष कमल डाँगी लगायतले शुभकामना राखेका थिए ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहराले अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पुष्पराज हमालले गरेका थिए।
कोहलपुर खबर । १७ माघ २०८१, बिहीबार ०८:०७