लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न

कोहलपुर । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा प्रधान कार्यालय रहेको उक्त सहकारीले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सहिद स्मृति भवन कोहलपुरको सभाहलमा आयोजित साधारण सभाको नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यवहाक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि संगिन शर्माले उद्घाटन गरेका थिए ।

सो अबसरमा बोल्दै शर्माले सहकारीले स्थापनाको छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै खुसि ब्यक्त गरेका थिए । पछिल्लो समय सहकारी वृतमा देखिएको समस्याका वावजुत लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाले निरन्तर रूपमा आफ्नो सेवा प्रवाह गरीरहेको प्रति खुसि ब्यक्त गर्दै शर्माले संचालक समिति र सहकारीमा आवद्ध सदस्यहरूको खुलेर प्रशंसा गरेका थिए ।

उनले एउटै ब्यक्ति धेरै सहकारीमा सदस्य हुने प्रवृत्तिका कारण सहकारीका गतिविधिहरू चलायमान हुन नसकिरहेको जिकिर गर्दै “एक सहकारी एक सदस्य” को नितिलाई कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै युवा स्वरोजगार कोष बाँकेका सदस्य सचिव नितेष शर्माले सहकारीप्रति सम्पूर्ण सदस्य तथा बचतकर्ताहरू जिम्मेवार हुनुपर्ने बताए । उनले ऋण लिएर नतिर्ने समस्या बढ्‌दै गएकाले सहकारी संचालनमा चुनौति थपिदै गएको उल्लेख गर्दै सहकारीको नीति अनुसार निर्धारित समयमै ऋण तिर्नुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष पुष्पराज हमालले सहकारीको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए भने साधारणसभाबाट कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गरीएको थियो ।

कार्यक्रममा सहकारीका उत्कृष्ट कर्मचारी र बचतकर्तालाई पुरस्कृत समेत गरीएको थियो ।