कोहलपुरमा जारी महोत्सवमा आज कलाकार मिलन नेवार, कृष्ण रेउले आउँदै

१३ पुष, कोहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ को पाचौं दिन आज चर्चित गायिका मिलन नेवार, लोक तथा दोहोरी गायक कृष्ण रेउले, मोडेल आरुषी मगर,रितु शाही, पहिलो समय निकै लोकप्रिय गायिकाका रुपमा स्थापित विपना सिंहका साथै मोडेल माया परियार,सानू चौधरी र डान्सर निरुता कार्की लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको (एस्पो–२०८१)मा आज पाचौं दिन पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा शुक्रबार चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसि , गायक राजु गुरुङ, डिजराज पौडेल,विष्णु सिंजाली, गायिका सोनु कुश्मी लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।

महोत्सवका मुख्य आकर्षकका रुपमा ,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।