बेहुली बाटोमै साटिएको फिल्म ‘लापता लेडिज,’ जसले सिकाउँछ पितृसत्तासँग जुध्न

गाडी, रेल वा अन्य ठाउँमा उस्तै झोलाहरू साटिनु नौलो होइन। तर, के बेहुली नै साटिन सक्छिन् रु यही अनौठो प्रश्नलाई मज्जाले व्यंग्य गर्दै अघि बढ्ने बलिउड फिल्म ‘लापता लेडिज’ ले समाजका गहिरा र चुनौतीपूर्ण विषयलाई उजागर गर्छ ।

निर्देशन : किरण राव
अभिनयस् नितांशि गोयल, स्पर्श श्रीवास्तव, प्रतिभा रन्ता, रवि किशन, छाया कदम, सतेंद्र सोनी

कथाको सुरुआत
सन् २००१ । दिपक ९स्पर्श श्रीवास्तव० खुसीले गदगद छन् । नवविवाहित पत्नी फूल ९नितांशि गोयल० लाई गाउँ लैजान उनले लामो यात्रा तय गर्नुपर्नेछ । फूलको अनुहार रातो घुम्टोले ढाकिएको छ । उनले न कतै देख्न सक्छिन् केवल उनको पतिको खुट्टा मात्र ।

रेलकै डिब्बामा दुलहा–दुलहीको भेट अन्य दुई नवविवाहित जोडीसँग हुन्छ जो उसैगरी अन्मिएर घरतिर जाँदै छन् ।

अरू दुई दुलही पनि उस्तै छन्– रातो सारी लगाएका अनि रातै घुम्टोले छोपिएर बाहिरी संसारसँग लुकिरहेका ।

रेलमा तीनै जोडी सँगै बस्छन् । अनि झर्ने ठाउँ आएपछि माथि उल्लिखित पहिलो दुलहाले दुलहीलाई इशारा गर्छ । दुवै झर्छन् ।

घर पुगेर घुम्टो निकाल्दा थाहा हुन्छ– जसलाई उसले रेलबाट सँगै लिएर आयो, त्यो त उसकी दुलही नै होइन । अर्काकी दुलही ल्याएछ, आफ्नी चाहिं रेलमै छाडेछ ।

घरमा पुगेर घुम्टो खोल्दा उनलाई थाहा हुन्छ– उनीसँगको बेहुली उनकी पत्नी होइन । अर्कोतिर, फूल रेलमै छुटेकी हुन्छिन् र आफूलाई खोज्न आउने आशामा स्टेशनमै प्रतीक्षा गर्छिन् ।

समाजको पितृसत्तात्मक दृष्टिकोणलाई व्यंग्य
फिल्मको बाँकी कथा दिपकको खोजी, फूलको संघर्ष, र जयाको स्वतन्त्रताप्रतिको दृष्टिकोणमा आधारित छ ।

जयाको सहजता र फूलको आत्मीयताबीचको भिन्नता पितृसत्तात्मक समाजको दुई पाटोलाई स्पष्ट पार्छ । प्रहरी प्रमुख ९रवि किशन० को भूमिका हास्यप्रधान भए पनि समाजको गहिरो पक्षलाई देखाउँछ ।

फिल्मले महिलाको पहिचान, विवाहका परम्परागत चलन, र समाजमा व्याप्त कुपरम्परालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । ग्रामीण जीवनको यथार्थ चित्रण र संवेदनशील विषयवस्तु दर्शकलाई गहिरो प्रभाव पार्छ ।