‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड

नेपालमा ४६ करोड पुग्यो

‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको चौंथो साता (१२ मङ्सिरसम्म) देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २८ दिनसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

जसअनुसार पछिल्लो चौंथो साताको आइतबारदेखि बुधबारसम्मको कमाइ २ करोड ३४ लाख रुपैयाँ ग्रस छ । विजय बराल स्टारर फिल्मले २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो ।

विहिबारको हिसाब आउन बाँकी छ । पाँचौ सप्ताहन्त अर्थात शुक्रबार र शनिबारको कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रक्षेपण र ट्रेन्ड हेर्दा फिल्मले यस सप्ताहन्त पनि राम्रै कमाइ गर्ने अनुमान छ ।

विदेशमा २३ करोड ३५ लाख

निर्माता तथा वितरण कम्पनी सेभेन सिजले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको छ । ७ विदेशी बजारबाट बुधबारसम्म फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस ९करिब १७ लाख ३० हजार अमेरिकी डलर कमाएको छ ।

सबैभन्दा धेरै कमाइ अमेरिकी बक्स अफिसमा छ, जहाँ फिल्मले १२ करोड ४६ लाख नेरु ग्रस ९९ लाख २२ हजार अमेरिकी डलर  कमाएको छ । फिल्मले दोस्रो धेरै कमाइ अस्ट्रेलियामा गरेको छ । त्यहाँको बक्स अफिसमा फिल्मले ७ करोड ७८ लाख नेरु ग्रस ९८ लाख ८४ हजार अष्ट्रेलियाली डलर कमाएको छ । न्युजिल्याण्डमा ३४ लाख ३५ हजार नेरु ग्रस ९३९ हजार अस्ट्रेलियन डलर० छ ।

कुन देशमा कति कमायो रु २९ नोेभेम्बर सम्म

अमेरिका : ९ लाख २२ हजार अमेरिकी डलर ९१२ करोड ४६ लाख रुपैयाँ

मध्यपूर्व : २ करोड ५० लाख रुपैयाँ

अस्ट्रेलिया : ८ लाख ८४ हजार अस्ट्रेलियन डलर ९७ करोड ७८ लाख

न्युजिल्याण्ड : ३९ हजार अस्ट्रेलियन डलर ९३४ लाख ३५ हजार

बेल्जियम : ६ हजार ३ सय युरो ९८ लाख ९७ हजार

डेनमार्क : ९ हजार ६ सय युरो ९१३ लाख ६८ हजार

नर्वे : ३ हजार २०० युरो ९४ लाख ५६ हजार०

यो कमाइ २९ नोभेम्बरसम्मको बक्स अफिस कलेक्सनमा आधारित हो । यसमा प्राइभेट शोलाई उल्लेख गरिएको छैन । अहिले पनि यी मुलुकमा फिल्म प्रदर्शनरत भइरहेकाले कमाइ वृद्धि हुनसक्छ ।