पूूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

७ साउन, सर्लाही । मधेसमा पूूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ मा रहेको आफ्नै घरमा राज्यमन्त्री रायको हत्या भएको प्रहरीले जानकारी दिएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति ८० वर्षीय पूर्व राज्यमन्त्री रायको हत्या गरेको हो ।

३० वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भूूमिव्यवस्था राज्यमन्त्री भएका रायको हत्या भएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगिसकेको जनाएको छ ।

हत्या कसले गरेको भन्ने बारेमा अझै केही जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।